धम्बोझी - लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सरेको छ ।
फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रङ्गशालामा हुने तय भएको प्रतियोगिता आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नुपरेको बताए। उनले भने, ‘‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केहि पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौँ । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’’
प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको उनले बताए । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।
प्रतियोगितामा स्थानीय बाँके जिल्लासहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल सङ्घले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाइरहेको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए।
बाँकेको महिला फुटबल टिमले धम्बोझी स्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराईरहको छ । यसैगरी नेपालगन्ज रङ्गशालाको मैदानमा घास उर्माने कार्य पनि भैरहेको छ । प्रतियोगिता अवधिसम्म मैदानलाई पनि राम्रो बन्ने आयोजकले बताएको छ ।
पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, प्रतियोगिताको प्रचार–प्रसार उपसमिति संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्य सहित काम गरिरहेको बताए।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया