काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले पछिल्लो ९ दिनमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा १५ जनाको शव फेला परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता घटनाले देशमा शान्ति सुरक्षाको अवस्थामाथि चुनौती थपेको बताए।उनीहरूले देशमा शान्ति सुरक्षाका लागि प्रभावकारी तयारी गर्न सरकारसँग माग गरे ।
सांसदहरुले बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे संसदमा जानकारी गराउँदै जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरे।सांसदहरुले तराइका विभिन्न जिल्लामा नागरिकहरूले पानी, लालपुर्जा, शान्ति, सुरक्षालगायतको माग गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न सरकारसँग माग गरे।
सांसदहरुले देशमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न लागुऔषध विरुद्धको अभियान देशभर लैजानेगरी व्यवस्था गर्न माग गरे । सांसदहरुले विगत वर्षहरुमा बाढी, पहिरो डुबानलगायतले क्षति पुर्याएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि ध्यान दिन सरकालाई आग्रह समेत गरे ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया