२०८२, माघ, ६
    {
विजनेस / कोशी प्रदेश / समाचार

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

  • पुलेसो
  • २०८१, चैत ४ सोमबार
‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

धनकुटा - गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । 

कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरूको भनाइ छ ।होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ,’  । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता बिस्तारै हटेर जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरूको  व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन् ।

होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भए पनि टावरको प्रवेश शुल्क केही महँगो भएकाले सोचे जस्तो पर्यटकहरू आकर्षित नभएको गुनासो गरे । हाल भेडेटारमा पर्यटकलक्षित एक सय भन्दा बढी सुविधा सम्पन्न र करिब दुई सय बढी साना होटलहरू सञ्चालनमा छन् ।

साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रूपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

 

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा एक लाख ५० हजार बढी पर्यटकहरूले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट रु पाँच करोड बढी कारोबार भएको उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने