१७ वैशाख, २०८२
    {
विजनेस / कृषि / समाचार

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

  • पुलेसो
  • २०८१, चैत ६ बुधबार
तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर

दमौली - भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका छन् ।

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेपनि अहिले आफ्नै गाउँको बाझो रहेको सात रोपनी जग्गामा खेती गरिरहेको जनाए ।थापाले भने, ’अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो तर, गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गर्दा आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।’

सुरुमा थानकोटमा जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै उनले त्यहाँ गोलभेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाए । हाल वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँदै उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको तर, सिँचाइ अभावका कारण ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताए । 

 

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएका थापाले बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन गररिहेका छन् । थापाका अनुसार उत्पादित सागसब्जी दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताए।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट...

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ :  प्रधानमन्त्री

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह