जनकपुरधाम - युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउन तथा शारीरिक एवं मानसिक विकासका लागि जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
राजर्षि जनक क्याम्पसको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता हुन लागेको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खेलहरू सबै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा चैत्र ९ गतेबाट हुने छन् ।
लीग फरमेटमा हुने सो प्रतियोगितामा जनकपुरधामको राजर्षि जनक, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू सहभागी हुने नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जानकारी दिए ।
१३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरू भाग लिएर खेल्न पाउने छन् । करिब ९ लाख खर्च हुने प्रतियोगितामा विजयी हुने टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया