जनकपुरधाम - युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउन तथा शारीरिक एवं मानसिक विकासका लागि जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
राजर्षि जनक क्याम्पसको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता हुन लागेको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खेलहरू सबै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा चैत्र ९ गतेबाट हुने छन् ।
लीग फरमेटमा हुने सो प्रतियोगितामा जनकपुरधामको राजर्षि जनक, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू सहभागी हुने नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जानकारी दिए ।
१३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरू भाग लिएर खेल्न पाउने छन् । करिब ९ लाख खर्च हुने प्रतियोगितामा विजयी हुने टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
प्रतिक्रिया