काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा भएको जातीय विभेदको घटनाको छानविन गर्न आयोग गठन गर्न माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए।
सांसदहरुले देशका विभिन्न भागमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, देशका विभिन्न भागमा हत्या र हिंसाका घटना भइरहेको भन्दै त्यसको अन्त्यका लागि प्रभावकारी सुरक्षाको प्रबन्ध गर्न सरकारसँग माग गरे।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया