काठमाडौँ - हीरक महोत्सवका अवसरमा रेडियो नेपालले आधुनिक गीत गीत प्रतियोगिताको आयोजना गरेको छ ।
रेडियो नेपाल स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा रेडियो नेपालको पा्रङगणमा आयोजना गरिएको आधुनिक गीतसङ्गीत प्रतियोगिताको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुुव्वा गुरुङले समुद्घाटन गरे । गीतसङ्गीत प्रतियोगिता समुद्घाटन समारोहमा मन्त्री गुरुङले रेडियो नेपालले राष्ट्र र राष्ट्रियताको पक्षमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।
समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय एकता, विपद्मा नागरिकको जीवन रक्षाका साथै समृद्धिका लागि परम्परागत शैलीमा परिवर्तन गरी नागरिक केन्द्रित प्रसारणका रुपमा रेडियो नेपाललाई अघि बढाउन लागिपरेको बताए । समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले अलग्गै पहिचानसहित प्रसारण इतिहास बनाएको रेडियो नेपालमा विभिन्न कालखण्डमा योगदान गर्नेहरूलाई स्मरण गरे ।
समारोहमा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले रेडियो नेपालको लोगो अंकित हुलाक टिकट प्रकाशन गर्न पाउनु गौरबको विषय भएको बताए । सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले समारोहमा सहभागीलाई स्वागत गरे ।
यस अवसरमा मन्त्री गुरुङले रेडियो नेपालको लोगो अंकित हुलाक टिकटमा टाँचा लगाए । आधुनिक गीतसङ्गीत प्रतियोगितामा छनौट भएका विभिन्न कलाकारका २० वटा आधुनिक गीतसङ्गीत प्रस्तुत भइरहेका छन् ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया