२०८२, मंसिर, २२
    {
राजनीति / कोशी प्रदेश / समाचार

नेपालमा राजा फर्कने कुनै सम्भावना छैन: अध्यक्ष नेपाल

  • पुलेसो
  • २०८१, चैत २० बुधबार
नेपालमा राजा फर्कने कुनै सम्भावना छैन: अध्यक्ष नेपाल

विराटनगर - नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताए ।

उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम नेपाली जनता अधिकार सम्पन्न भइसकेको अवस्थामा नेपाली जनताले  कुनै पनि वंशवाद र एकाधिकारवाद स्वीकार्य गर्न नसक्ने प्रष्ट पारे । उनले संसारमै दास युग र सामन्ती युगको अन्त भइसकेको अवस्थामा नेपालमा  राजा फर्कने सम्भावना नभएको प्रष्ट पारे।  

अध्यक्ष नेपालले आन्दोलनका नाममा  विध्वंस मच्चाउने  आपराधिक तत्त्वलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।  आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र मान्छेको हत्या गर्ने जो कोहीलाई पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाई थियो । 

 

अहिलेको अवस्थामा गणतन्त्र रक्षाका लागि परिवर्तनकारी शक्तिहरू समेत एक भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।मुलुकमा परिवर्तन, विकास, संवृद्धि र अग्रगमन नचाहने केही प्रतिगामी तत्त्व सक्रिय भइरहेको अवस्थामा गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरू एक हुनुपर्नेमा समेत उनले जोड दिए ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो