४ जेठ, २०८२
    {
घुमफिर / लुम्बिनी प्रदेश / समाचार

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

  • पुलेसो
  • २०८२, वैशाख २ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

नेपालगन्ज - बाँके राष्ट्रिय निकुञ्जले बढी भन्दा बढी स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न नयाँ वर्ष २०८२ को सुरुवातसँगै जङ्गल सफारी सुरु गरेको छ।

नयाँ वर्ष शुरुभएसँगै निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट जङ्गल सफारी सुरु गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए। उनले पर्यटक बढाउने तथा मानव वन्यजन्तुबिचको द्वन्द्व घटाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेर सफारी सुरु गरिएको बताए।

 प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘यसको मुख्य उद्देश्य पर्यटनको विकास र आन्तरिक एवं विदेशी पर्यटकलाई पर्यापर्यटनसँग प्रत्यक्ष जोड्ने रहेको छ, अब यहाँ आएर पर्यटक वन्यजन्तुसँग रमाउन पाउने छन्।’ नयाँ वर्ष २०८२ को पहिलो दिनबाट सुरु गरिएको जङ्गल सफारीका क्रममा बाघ, चौका, चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। 

निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारीले सघाउ पुग्ने उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले वन सप्ताह पनि चलिरहेको हुँदा जङ्गल सफारी निरन्तर जारी रहने बताए। उनले खडकवार, हात्तीसारबाट सुरु हुने जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिने जानकारी दिए। 

राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले जङ्गल सफारीले पर्यटकको सङ्ख्या बढाउन ठुलो सहयोग गर्ने जनाउँदै पर्यटक बढ्दै गएका स्थानीयको आयस्तर पनि वृद्धि हुने बताए। जङ्गल सफारीको पहिलो दिन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, जिल्लाका पर्यटन व्यवसायी लगायत नेचर गाइड र पत्रकारहरूको पनि सहभागीता रहेको थियो। 

वि.सं २०६७ सालमा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो। जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन्। 

 

करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावर र चराका विभिन्न प्रजाति पाइन्छन्। मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको सो निकुञ्जमा चौका प्रजाति एक विशेषताका रूपमा देखिएको निकुञ्जको भनाइ छ। पछिल्लो समयमा आएर सो निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक उल्लेख्य रूपमा निकुञ्जमा आउन थालेको निकुञ्ज व्यवस्थापनले जनाएको छ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध