४ जेठ, २०८२
    {
राजनीति / लुम्बिनी प्रदेश / समाचार

दाउन्नेको अवस्था हेर्न सडक मार्गबाटै आएँ : प्रचण्ड

  • पुलेसो
  • २०८२, वैशाख ३ बुधबार
दाउन्नेको अवस्था हेर्न  सडक मार्गबाटै आएँ : प्रचण्ड

नवलपरासी पश्चिम् - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दघाट आइपुगेका छन् ।

बर्दघाटको त्रिवेणी चोकमा स्थानीय जनप्रतिनिधि पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई स्वागत गरेका छन् ।पार्टीको बर्दघाट नगर समितिको कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दाउन्नेको अवस्था हेर्न पनि सडक मार्गबाटै आएको बताए । ‘

उनले भने, यो बाटोको विषयमा विभिन्न चर्चा परिचर्चा थिए, बाटो छिचोल्नै सकिँदैन दुम्किबासबाटै १०/१२ घण्टा लाग्न सक्छ भन्ने पनि थियो, भरतपुर नै फर्किएर भैरहवा हुँदै जानेकी भन्ने पनि थियो तर जति घण्टा लागे पनि दाउन्नेबाटै जानुपर्छ भन्ने लाग्यो’ ।

पछिल्लो समय कामले गति लिएको बताउँदै अध्यक्ष प्रचण्डले स्थलगत अवलोकनपछि निर्माणको अवस्थाका बारेमा सदनमा बाटोका विषयमा बोल्ने बताए । जति बाटोको विषयमा सुनिएको थियो तुलनात्मक रुपमा सहज तरिकाले आफूहरू आइपुगेको उनले बताए। 

 

अध्यक्ष प्रचण्डसँगै माओवादी नेताहरू अग्नि सापकोटा, देव गुरुङ, कृष्ण बहादुर महरा लगायत सहभागी थिए ।जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई- मधेश जागरण अभियान’ अन्तर्गत भोलि सदरमुकाम परासीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड नवलपरासी आइपुगेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध