४ जेठ, २०८२
    {
समाज / लुम्बिनी प्रदेश / शिक्षा/स्वास्थ्य / समाचार

मातृ शिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिँदै

  • पुलेसो
  • २०८२, वैशाख ३ बुधबार
मातृ शिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिँदै

बाँके  - लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाइल मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु गरेको छ ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । बाँकेमा आज बुधबार देखि पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा खटिएका छन् । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्न आजदेखि बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण सङ्कलन गर्नेछन् । यो २०७८ सालको जनगणना अनुसारको घर सङ्ख्याको तथ्याङ्क हो । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गनिर्देशनअनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानअन्तर्गत विवरण तयार गर्न लागिएको हो ।

बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बताए ।

महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात् गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको छ ।

 

यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरूले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो ‘पाइलटिङ’ कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिँदै स्वास्थ्य कार्यालय बाँकेले कार्यालयको समयमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन नगर्न निर्देशन दिएको छ । कार्यालय समय पश्चात् गरिने विवरण सङ्कलन प्रभावकारी नहुने भएकोले कर्मचारीलाई कार्यालय समयमा विवरण सङ्कलनको व्यवस्था मिलाउन स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध