२०८२, मंसिर, २२
    {
समाज / लुम्बिनी प्रदेश / शिक्षा/स्वास्थ्य / समाचार

मातृ शिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिँदै

  • पुलेसो
  • २०८२, वैशाख ३ बुधबार
मातृ शिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिँदै

बाँके  - लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा मोबाइल मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु गरेको छ ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । बाँकेमा आज बुधबार देखि पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्न स्वास्थ्यकर्मीहरू घरघरमा खटिएका छन् । पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्न आजदेखि बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण सङ्कलन गर्नेछन् । यो २०७८ सालको जनगणना अनुसारको घर सङ्ख्याको तथ्याङ्क हो । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गनिर्देशनअनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानअन्तर्गत विवरण तयार गर्न लागिएको हो ।

बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बताए ।

महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात् गराउनुपर्ने जाँच समेत नगराउने गरेको पाइएको छ ।

 

यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरूले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो ‘पाइलटिङ’ कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिँदै स्वास्थ्य कार्यालय बाँकेले कार्यालयको समयमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन नगर्न निर्देशन दिएको छ । कार्यालय समय पश्चात् गरिने विवरण सङ्कलन प्रभावकारी नहुने भएकोले कर्मचारीलाई कार्यालय समयमा विवरण सङ्कलनको व्यवस्था मिलाउन स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो