२०८२, मंसिर, २२
    {
राजनीति / बागमती प्रदेश / समाचार

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेको हो ।

सभाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताए । 

मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशिल सुचारु र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गरे । उनले नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय भरपर्दो र सर्वसुलभ बनाउन विधेयकको उद्देश्य रहेको बताए। 

 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विधेयकलाई समयानुसार थप परिमार्जन गरी अन्तराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।नेपालको वायुसेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउनेगरी विधेयक संशोधनसहित समृद्ध बनाउन जरुरी रहेको सांसदहरुले औँल्याए ।

प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो