काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गर्न माग गरिन्। उनले सरकारलाई शिक्षकहरूसँग यसअघि पटक पटक भएका सम्झौताहरू कार्यान्वयन गर्न र शिक्षकहरूलाई पनि संयमित बन्न आग्रह गरिन् ।
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरैले शिक्षकका सबै माग एकै पटक पुरा गर्न सम्भव हुने खालको नरहेको भन्दै पुरा गर्न सकिने जायज माग पुरा गर्न सरकारका लागिरहेको बताए । उनले ८० को दशकलाई नेपालको विकास र समृद्धिको दशक बनाउने, विकास, सामाजिक न्याय, सुशासन र समृद्धिका आंकाक्षा पुरा गर्ने दिशामा रहेकाले संसद् पनि त्यसप्रति गम्भीर बन्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले सरकारले शिक्षकहरूसँग यसअघि भएका सम्झौता कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको आरोप लगाए । उनले सरकारलाई शिक्षकको माग र आन्दोलनप्रति गम्भीर बन्न र जायज माग पुरा गर्न आग्रह समेत गरे ।
बैठकमा सांसदहरु विनिता कठायत, पशुपति शमशेर जवरा, मेटमणी चौधरी, विरेन्द्र प्रसाद महतो, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु शाह, डा।अमरेशकुमार सिंह, देवप्रसाद तिमलसेना, दामोदरप्रसाद बैरागी नागीना यादव लगायतका सांसदले शिक्षक आन्दोलन, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना लगायतका समसामयिक विषयमा धारणा राखेका थिए ।
काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।
महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
प्रतिक्रिया