२०८२, मंसिर, २२
    {
राजनीति / समाचार

एमाले संगठ विभाग बैठकको निष्कर्ष : वडा केन्द्रित अभियानले पार्टी चलायमान

  • पुलेसो
  • २०८२, वैशाख १६ मंगलबार
एमाले संगठ विभाग बैठकको निष्कर्ष : वडा केन्द्रित अभियानले पार्टी चलायमान

काठमाडौं - नेकपा एमाले केन्द्रीय संगठन विभागको २२ औँ बैठक विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षता र पार्टी महासचिव कमरेड शंकर पोख्रेलको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।  

बैठकले केन्द्रीय संगठन विभागको प्रस्ताव तथा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फाल्गुण र चैत्रमा सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माणको जरा अभियानले पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यताको नवीकरण र विस्तारका काम अघि बढेको, जनतासँग पार्टी नेता कार्यकर्ताहरूको सम्बन्धमा सुधार भएको निष्कर्ष निकालेको संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

‘अभियानले जिम्मेवारी प्राप्त पार्टी नेता कार्यकर्ताहरूको सक्रियता, निर्णयको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिकाको आवश्यकतामा जोड दिएको छ,।  ढुङ्गेलले भने  पार्टी कमिटीको नियमित जीवनमा यसको निरन्तरतामा बैठकले जोड दिएको छ’, । बैठकले पार्टी सदस्यता नवीकरणको काम विधानको व्यवस्था बमोजिम कार्य सम्पन्न गरी २०८२ वैशाख मसान्तसम्म जिल्लाको डाटा अद्यावधिक गरी प्रदेशमा पठाउन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम केन्द्रीकृत रूपमा जेठ महिना भर अभियानकै रूपमा सञ्चालन गरी सम्पन्न गरिसक्न विभागको तर्फबाट विशेष निर्देशन गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्रो विधान महाधिवेशन आयोजना हुन लागेको परिप्रेक्ष्यमा मातहतका पार्टी कमिटी र कार्यकर्ताबाट पार्टी विधानमा आवश्यक संशोधनका लागि सुझाव सङ्कलन गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसका लागि जेठ मसान्तसम्मको समय सीमा तोकेर सुझाव संकलन गर्नका लागि केन्द्रीय सचिवालय मार्फत मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूमा आग्रह गर्ने निर्णय गरिएको उनले जानकारी दिए । पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न विधानको व्यवस्था बमोजिम कार्यकारी भूमिकामा रहेका कमिटीले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक रहेको बैठकले महसुस गरेको छ ।

अनुगमनका विषयहरूलाई आधार बनाई जिल्ला, पालिका र वडा तहका पार्टी कमिटीका बैठक, बैठकका माइन्युट लेखन, निर्णय प्रक्रिया र निर्णय तथा निर्देशन कार्यान्वयन, निर्णय कार्यान्वयनको समीक्षा, आन्तरिक एकता, नेता र कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन, आधारभूत तहमा जनसंगठनको काम, जनप्रतिनिधि र पार्टी कमिटी बिचको सम्बन्ध, कार्यकर्ता प्रशिक्षण, कार्यालय व्यवस्थापन र सञ्चालन, अनलाइन अभिलेखन लगायतका विषयमा केन्द्रीय संगठन विभागका सदस्यहरूले तोकिएका भौगोलिक जिल्ला तथा गैरभौगोलिक क्षेत्रमा अनुगम नगरी दुई महिनाभित्र केन्द्रीय संगठन विभागमा रिपोट पठाउन निर्देशन दिने निर्णय बैठक गरेको उनले जानकारी दिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो