नेपालगन्ज - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्ने बताए।
भेरी अस्पतालको जलन वार्ड तथा सर्किजल विङ्गको उद्घाटन तथा सिकलसेल र थालेसिमियाका बिरामीका लागि सङ्क्रामक रोगबाट बचाउन भेरी अस्पताललाई निःशुल्क खोप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले योगदान गर्न सक्ने नागरिकलाई बीमाको दायित्वमा जोडेर वीमा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव मन्त्रालयको रहेको जानकारी समेत दिए ।
मन्त्री पौडेलले यो आर्थिक वर्षभित्र बीमाको सम्पूर्ण दायित्व फरफारक गर्ने योजनामा रहेको पनि बताए । उनले अहिलेकै मोडेलमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिए थेग्न नसकिने स्पष्ट पारे । उनले भेरी अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन मन्त्रालय लागिपर्ने बताए । उनले बजेटको सीमितताका कारण चाहे जति काम गर्न सक्ने अवस्था नरहे पनि भेरी अस्पताल संघीय सरकारको प्राथमिकतामा रहेको बताए ।
मन्त्री पौडेलले भेरीमा पछिल्लो समय थपिएका विशिष्टीकृत सेवालाई अझ प्रभावकारी बनाउन दरबन्दी सिर्जना गरिने समेत जानकारी दिए । भेरी अस्पतालमा ७ वटा कार्यक्रम थपिनु र १३ कार्यक्रम व्यवस्थित हुनु सुखद विषय भएको भन्दै मन्त्री पौडेलले जलन वार्ड सुरुवात हुनु अत्यन्त प्रशंसनीय काम भएको उल्लेख गरे । भेरी अस्पताल पश्चिम क्षेत्रको महत्त्वपूर्ण अस्पताल भएकाले बिरामीले भरोसा मान्ने गरी सेवा सुविधा विकास गर्नुपर्ने बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले सबै अस्पतालहरूमा विशिष्टीकृत सेवा सुचारु गर्ने योजना अनुरुप काम भइरहेको बताए । डा. देवकोटाले सर्किजल सेवालाई छिटोछरितो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गर्दै सेवा विस्तार पनि भइरहेको बताए । बजेट अभावका कारण पूर्वाधार विकाससँगै अन्य कामहरू गर्न अप्ठ्यारो भइरहेको भन्दै उनले भएको संरचना र उपकरणको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएको सुधार र उपलब्धिका बारेमा जानकारी गराएको थियो । कार्यक्रम सञ्चालन अस्पताल विकास समिति सदस्य डा. डक्ट प्रसाद धितालले गरेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया