४ जेठ, २०८२
    {
समाज / अन्तराष्ट्रिय / शिक्षा/स्वास्थ्य / समाचार

भारतको उडिसास्थित किट विश्वविद्यालयमा एनओसी नदिन सांसदहरूको सुझाव

  • पुलेसो
  • २०८२, वैशाख २१ आइतबार
भारतको उडिसास्थित किट विश्वविद्यालयमा एनओसी नदिन सांसदहरूको सुझाव

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा एनओसी नदिन सरकारलाई सुझाव दिएको छ  ।

बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगन्जकी प्रिसा साह र अध्ययनका लागि बेलायत गएका सुशान ओली मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।  सासदहरुले तीन महिनाको अन्तरालमा भारतको किट विश्वविद्यालयको छात्रावासमा दुुईजना नेपाली विद्यार्थी प्रकृति लम्साल र प्रिसा शाहले आत्महत्या गरेको विषयमा निष्पक्ष छानविको माग गरे ।

सांसदहरुले अध्ययनका लागि बेलायत गएका रुकुम पश्चिमका  सुशान ओलीको बेलायत एक नदी किनारमा शव भेटिएको भन्दै विदेशी भूमिका नेपाली विद्यार्थीको सुरक्षाको माग गरे ।उनीहरूले करिब तीन महिना अघि भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी लम्सालको विषयमा भइरहेको अनुसन्धानबारे संसदमा  जानकारी गराउन सरकारकारसँग मागसमेत गरे ।

 

बैठकमा कृष्णबहादुर रोकाया, गंगाकुुमारी वेल्वासे, सुमित्रा बिसी, मदन कुमारी शाह गरिमा मोहम्मद खालिद, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा लगायतले नेपाली विद्यार्थीलाई विदेशी भूमिमा पढ्न पठाउने विषयलाई सुरक्षित बनाउन माग गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध