लमजुङ - राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधतायुक्त नेपालको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताए । उनले भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ, बाहुन डाँडाको पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मानका लागि कन्जुस्याइँ गर्न नहुने बताए।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लमजुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्याएको सहयोगलाई कहिल्यै बिर्सन नहुनेमा उनले जोड दिए ।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्यअनुसार अब तीव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उनले आव्हान गरे। राष्ट्रकविको जन्मस्थान बाहुन डाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने ,“यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामीण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौँ गीत, कविता, खण्डकाव्य, गीतिनाटक सहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्य जगतलाई महत्वपूर्ण योगदान दिएको छ”, ।
उनका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदना मात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्य मात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको बताए ।
राष्ट्रपति पौडेलले भने “नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सूक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उनको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देश प्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ”, ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया