२०८२, माघ, ६
    {
समाज / समाचार

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ

  • पुलेसो
  • २०८२, वैशाख २१ आइतबार
सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र दामासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ ।पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।

 
त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने ठहर पनि विशेषले गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा...

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।

  • पुलेसो
  • २०८२, माघ ६ मंगलबार
  • एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा टुरिस्ट उम्मेदवारले जित्दैनन्– महेश बस्नेत

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...

    अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि...

    महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि बोहराले दियो टिकट

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने