४ जेठ, २०८२
    {

तनहुँमा चितुवाको आतंक: आठ वर्षमा १६ बालबालिकाले  गुमाए ज्यान

  • पुलेसो
  • २०८२, वैशाख २३ मंगलबार
तनहुँमा चितुवाको आतंक: आठ वर्षमा १६ बालबालिकाले  गुमाए ज्यान

तनहुँ, । चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षमा १६ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास लगायतका पालिकामा बढी प्रभावित छन् ।
चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छन् भने हाल बन्दीपुर गाउँपालिकामा आतङ्क बढेको छ ।

वि।सं। २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको गरी १६ बालबालिकाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष ८ की सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष ५का सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ छन् । 

यस्तै गरी, व्यास नगरपालिका–१२ छर्कनका वर्ष ८ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसै गरी भानु–४ की वर्ष ४ को रञ्जिता लम्साल, भानु–२ की वर्ष वर्ष ८ को पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष ७ को ऋतिक रोका मृत्यु भएको छ ।
यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष २ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष ८ को पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ नारायण रानाको मृत्यु भएको छ । बन्दीपुर  गाउँपालिका–५ याम्पाका  १३ वर्षीय सुन्दर अछामीको २०८१ साल साउन ४ मृत्यु भएको थियो ।

यस्तै २०८१ साल चैत २९ गते इसुब विकको ९ वर्षको छोरी अनुजा बिकको मृत्यु भएको छ । बन्दीपुरमा नौ महिनाको अवधिमा दुईको मृत्यु भएको हो ।
वन्यजन्तुको आक्रमणमा परेका १४ परिवारलाई एक करोड ४० लाख र २१ जना घाइते भएकालाई नौ लाख ४५ हजार पाँच सय २६ रुपियाँ उपचार खर्च प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । दुई जना मृत्यु भएकालाई २० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए । 
 

मृत्यु भएमा १० लाख दिने व्यवस्था भएको र रकम निकास हुन बाँकी रहेकोले भुक्तानी दिन बाँकी रहेको श्रेष्ठले बताउनुभयो ।  चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ ।

एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नविन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकोले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लै दुक्लै छाड्न नहुने विश्वकर्मा बताउनुहुन्छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईबस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम हुने भएकोले सतर्कता अपनाउनु पर्ने विश्वकर्माले बताए । 

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध