४ जेठ, २०८२
    {

कमला नदीको काठेपुल बाढीले बगाउँदा आवागमन ठप्प

  • पुलेसो
  • २०८२, वैशाख २३ मंगलबार
कमला नदीको काठेपुल बाढीले बगाउँदा आवागमन ठप्प

सिरहा - हुलाकी सडकअन्तर्गत सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीको अस्थायी काठेपुल बाढीले बगाएको छ । सिरहा नगरपालिका–६ स्थित कमलामा रहेको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाइदिएको हो ।
यसका कारण हुलाकी सडकबाट आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भ¥याङबाट जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष इन्द्रजितकुमार यादवले बताए ।
अहिले नदीमा बाढी रहेको र पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्ने उनको भनाइ छ । ’अहिले बाढी छ, पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्छौं,’ उनले भने, ’यस्तै रहन त दिँदैनौं ।’

यो अस्थायी काठेपुल नगरपालिकाले ६ महिनाअघि करिब २ लाख रुपैयाँ खर्चेर निर्माण गरेको थियो । कमला नदीमा १३ वर्षअघि नै पुल निर्माण थालिए पनि अझै सम्पन्न भएको छैन । चार सय ६९.२ मिटर लामो पुलको काम २०६८ जेठ ३१ बाटै सुरु भएको थियो । तर, पटक–पटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।
पुल भासिएपछि पुनः पुनर्निर्माण थालिए पनि अहिलेसम्म पुलको दुबै तर्फको पाया मात्र ठड्याइएको छ ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध