२०८२, माघ, ६
    {

पाकिस्तानमाथि भारतीय हमला खेदजनक: चीन 

  • पुलेसो
  • २०८२, वैशाख २४ बुधबार
पाकिस्तानमाथि भारतीय हमला खेदजनक: चीन 

काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।
यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।
उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले के भने ?
चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ। चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।  

ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा...

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।

  • पुलेसो
  • २०८२, माघ ६ मंगलबार
  • एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा टुरिस्ट उम्मेदवारले जित्दैनन्– महेश बस्नेत

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि...

    महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि बोहराले दियो टिकट

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने