बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।
नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’
यसैगरी चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औंल्याए ।
नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ गते उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको छ ।
यता, व्यवसायीहरू भने पटक–पटकको आन्दोलनबाट पनि विमानस्थल सञ्चालन नहुँदा आजित बनेका छन् ।
उनीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालय स्थापना गरिनुपर्ने, विमानस्थल नचल्दा मर्कामा परेका व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
३० अर्ब ९१ करोडको सुरुवाती सम्झौता अनुसार सुरु भएको परियोजना निर्माण अवधि लम्बिँदा मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोड पुगेको थियो । त्यसबाहेक, विमानस्थलको लागि २३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरिएको थियो ।
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।
...काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय...
ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको...
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी...
प्रतिक्रिया