२०८२, माघ, ६
    {
विजनेस / समाज / सुदूरपश्चिम प्रदेश / समाचार

संकटमा काठका भाँडा बनाउने पेशा

  • पुलेसो
  • २०८२, वैशाख २५ बिहीबार
संकटमा काठका भाँडा बनाउने पेशा

बाजुरा - सुदूरपश्चिमको बाजुरा लगायतका जिल्लामा प्रचलित परम्परागत काठका भाँडा बनाउने पेशा अहिले अस्तित्वको संकटमा परेको छ।

पुस्तौँदेखि काठका भाँडा–कुडा बनाउँदै आएका व्यवसायीहरू अब यो पेशाबाट हात झिक्न थालेका छन्, जसका कारण यो पेशा लोप हुने स्थितिमा पुगेको छ।बडिमालिका नगरपालिका–५ का कृष्ण चदारा, जो लामो समयदेखि भाँडा बनाउने पेशामा संलग्न छन् । उनले “यो पेशाबाट मेहनत अनुसारको आम्दानी नहुने भएपछि गुजारै मुस्किल भएको  बताए ।

परम्परागत रूपमा चदारा समुदायले अंगालेको यो पेशा हाल जीविकोपार्जनका लागि पर्याप्त नभएपछि संकटमा परेको उनको बुझाई छ ।खप्तड छेडेदह गाउँपालिका–३ का अर्का व्यवसायी राजेन्द्र चदाराको गुनासो पनि उस्तै छ। उनले भने “पहिले काठका भाँडा बनाएवापत प्रत्येक घरबाट ‘खलो’ अर्थात अन्न पाउने चलन थियो, अहिले त्यो पनि हराउँदै गएको छ,” ।

पछिल्ला वर्षहरूमा प्लास्टिकका भाँडा सर्वसुलभ र लोकप्रिय हुँदै गएपछि काठका भाँडाको माग घट्दै गएको छ। आधुनिकताको चपेटामा परेका उपभोक्ताहरूले परम्परागत सामग्रीको सट्टा आधुनिक विकल्प रोज्न थालेका छन्।एक समय एक गाउँमा दर्जनभन्दा बढी परिवारले अंगालेको यो पेशामा अहिले जिल्लाभर दुई–चार जनामात्र सक्रिय रहेको पाइएको छ। युवापुस्ताले यो पेशाबाट पर्याप्त आम्दानी नहुने देखेपछि वैकल्पिक रोजगार र विदेशिनेतर्फ आकर्षण बढाएका छन्।

 

स्थानिय आरन व्यवसायीहरूले राज्यले अन्य व्यवसायीलाई जस्तै काठका भाँडा बनाउनेहरूलाई पनि सहयोग गरेमा यो पेशा जोगाउन सकिने विश्वास व्यक्त गरेका छन्। उनीहरू भन्छन्, “सरकारको सहयोग र प्रविधिसँग मेल खाने तालिम तथा बजार व्यवस्थापन भएमा परम्परागत पेशामा नयाँ जीवन दिन सकिन्छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने