४ जेठ, २०८२
    {
राजनीति / सुरक्षा/अपराध / समाचार

भारत–पाकिस्तानबीचको लडाइँमा नेपाली गोर्खा सैनिकको प्रयोग नगर्न सांसद तामाङको माग

  • पुलेसो
  • २०८२, वैशाख २५ बिहीबार
भारत–पाकिस्तानबीचको लडाइँमा नेपाली गोर्खा सैनिकको प्रयोग नगर्न सांसद तामाङको माग

काठमाडौँ - भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेकाले दुई देशबीच हुने लडाइँमा नेपाली गोर्खा सैनिकलाई पहिलो प्रयोग नगर्न सांसाद मिना तामाङले माग गरेकी छिन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन्। तामाङले भनिन्, ‘भारत र पाकिस्तानबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना नगर्न भारत सरकारसँग गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’दुई देशबीचको तनावका कारण भारतमा काम गर्न गएका नेपालीको संरक्षण र उद्धारबारे समेत ख्याल गर्न उनले आग्रह गरिन्।

‘पाकिस्तान र भारतको सीमा कश्मीरमा भएको सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ,’ सांसद तामाङको भनाइ छ, ‘जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरुको संरक्षण एवं उद्धारबारे छलफल होस्।’

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध