४ जेठ, २०८२
    {
समाज / सुदूरपश्चिम प्रदेश / समाचार

कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी
  • मदन गिरी
  • २०८२, वैशाख २५ बिहीबार
कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

महेन्द्रनगर - कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले काममा तिव्रता दिएको छ । आयोग गठन भएको तीन महिनामै आयोगले लालपुर्जा वितरणको तयारी थालेको छ । 

भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम गरिरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्नेछ ।  

आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो  आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।  
 

अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ ।’ आयोगका अध्यक्ष पन्तले भने ‘पहिलो चरणमा सेतो पुर्जा वितरण गरेकालाई लालपुर्जा वितरण गछौँ, सँग–सँगै आवेदन परेको फाईलहरु प्रमाणीकरण गर्ने र कम्प्युटर सिष्टमका अपडेट गर्ने काम भईरहेको छ ।’

कञ्चनपुरमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोवासी गरि ७२ हजार नौ सय ३० वटा आवेदन परेका छन् । 
आयोग गठन भएको पछिल्लो तीन महिनामा कञ्चनपुरमा आठ हजार ९२ फाईल प्रमाणीकरण गरिएको छ । 

त्यस्तै स्थानीय तहका प्रमुख, वडा कार्यालयसँगै समन्वयात्मक बैठकसँगै प्राविधिकहरु तालिम दिईएको अध्यक्ष पन्तको भनाई छ ।भुमी सम्बन्धि समस्या लामो समयदेखि समाधान हुन नसकेको बताउँदै अध्यक्ष पन्तले भने ‘अहिलेको सरकारले पनि आयोगको कामलाई उच्च प्राथकिमतामा राखेको छ, जग्गा प्राप्तीमा विगतमा तोकिएको राजस्व पनि अकल्पनिय हिसाले घटाएको छ, कञ्चनपुरमा दुईदेखि अढाई वर्षभित्रमा लालपुर्जा वितरण गरिसक्ने हाम्रो लक्ष्य छ ।’

साथै श्रोत साधनको अभावले कार्यालय व्यवस्थापन तथा सञ्चालनमा असजता भएको उनले गुनासो पनि गरे । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध