४ जेठ, २०८२
    {

सर्वदलीय बैठकपछि भारतीय मन्त्रीले भनेः पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी छ

  • पुलेसो
  • २०८२, वैशाख २५ बिहीबार
सर्वदलीय बैठकपछि भारतीय मन्त्रीले भनेः पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी छ

 काठमाडौँ  । भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका छन्। 
बिहीबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेसन सिन्दूर निरन्तर चलिरहने अपरेसन भएको प्रतिक्रिया दिएका हुन्। 
बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भनेका छन्, ‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो।’
उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको सर्वदलीय बैठक राम्रोसँग सम्पन्न भएको जानकारी दिँदै बैठकमा  सबैले गम्भीरतापूर्वक आ–आफ्नो विचार राखेको बताए।
उनले भनेका छन्, ‘सबैभन्दा पहिले रक्षामन्त्रीले अपरेसन सिन्दूरबारे सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले उनीहरूलाई सम्पूर्ण परिस्थिति र सरकारको मनसायबारे बताउनुभयो विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’
किरण रिजिजुले सबै नेताले भारतीय सेनाको हरेक कार्यमा समर्थन रहेको बताएको दाबी गरेका छन्। 
 

अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो। 
जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।
जवाफमा बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।
जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध