४ जेठ, २०८२
    {

एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि  कुटपिट 

  • मदन गिरी
  • २०८२, वैशाख २५ बिहीबार
एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि  कुटपिट 

महेन्द्रनगर । भारत–पाकिस्तानबिच तनाव बढीरहेका बेला भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि कुटपिट गरेका छन् । बुधबार राति सिमावर्ती गाउँ कुतीयाकभरबाट मेला दर्शन गरि घर फर्किरहेका दोधरा चाँदनी–१० का नारायण भण्डारीलाई एसएसबीले कुटपिट गरेको हो । अन्य स्थानीयमाथि पनि एसएसबीले दुव्र्यहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय सुजल जैशीले पाकिस्तानीलाई नेपालीले सहयोग गरिरहेका आरोप लगाउँदै दुव्र्यहार गरेको बताए । उनले सिमावर्ती भारतीय गाउँ कुतियाकभरमा हरेक वर्ष लाग्ने कृष्ण मेलाको दर्शन गरि फर्किने क्रम भारतीय प्रहरीसहितको एसएसबीको टोलीले कुटपिटसहित दुव्र्यहार गरेको बताए ।
‘त्यहाँ(कुतियाकभर) मा हरेक वर्ष मेला लाग्छ, सधै जाने गरेको थियौँ, यस पटक घर फर्किदा एसएसबीले दुव्र्यहार गरे ।’ स्थानीय जैशीले भने ‘भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा कडाई गरिएको छ, नेपालीहरुमाथी पाकिस्तानलाई सहयोग गरेको भन्दैँ विभिन्न आरोप लगाएर दुव्र्यहार हुनेगरेको छ ।’ 

त्यस्तै नेपाली महिलाहरुमाथि पनि एसएसबी दुव्र्यहार गरेको उनले बताए । एसएसबीको कुटपिटमा परेका भण्डारीले नेपाली महिलामाथि भईरहेको दुव्र्यहार विरोध गर्दा आफुलाई कुटपिट गरेको बताए । भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट दुव्र्यहार बढेको उनको भनाई छ । 
 

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध