विराटनगर- खोटाङको साकेलामा मन्त्री गएको कार्यक्रममा गाउँपालिकाका अध्यक्षले अवरोध गरेका छन्। बिहीबार बिहान कार्यकर्ता भेटघाटसहितका कार्यक्रम लिएर साकेला गाउँपालिका पुगेका कोसी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अवरोध गरेका हुन्। मन्त्री र अध्यक्ष राई दुवै कांग्रेसबाट विजयी भएका जनप्रतिनिधि हुन्।
अध्यक्षसहितका धेरै नेता कार्यकर्त सहभागी भएर मन्त्रीलाई कार्यक्रममा अवरोध गरिएको थियो। मन्त्री राईलाई कार्यक्रममा अवरोध गरिएको भिडियो सार्वजनिक भएको छ। तर, त्यसबारेमा मन्त्रीले केही बताएका छैनन्।
गाउँपालिकाका अध्यक्ष राईले पालिकाको बजेट अन्यत्र रकमान्तरण गरिएको, साकेला गाउँपालिकाको बजेट कटौती भएको, आफ्नो गाउँपालिकालाई विकास निर्माणमा पछि पार्न खोजिएको लगायतका आरोप लगाएका छन्।
यस विषयमा नागरिकका असन्तुष्टि आफू गाउँपालिकाको अध्यक्ष भएको नाताले मन्त्री समक्ष राखेको उनले बताए। अध्यक्ष राईका अनुसार, प्रदेश सरकारले उपलब्ध गराएको बजेट दिक्तेलमा पठाएको र साकेलालाई बेवास्ता गरिएको छ।
चालु आर्थिक वर्षको बजेटमा साकेलालाई नसमेटेको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरेको भिडियोमा देख्न सकिन्छ।
उनले भनेका छन्, ‘अर्को बाटो काटियो र पैसा दिक्तेलमा हालियो। आउँदो बजेटमा हाल्नुस् कार्यक्रम गर्न बोलाउँछ शिलान्यास र उद्घाटन गर्न। तर यतिबेला नआउनु भनेका थियौँ जबरजस्ती आउनुभयो। त्यसैले रोकेका हौँ।’
गाउँपालिकाका अध्यक्ष राईले मन्त्री गाउँमा आउँदा एक कल पनि नगरेको, सचिवालयले समन्वय नगरेको, कुनै पत्र पनि नपठाएको समेत आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उहाँ पालिकाको कार्यालयमा समेत आउनुभएन। म आउनुहोला भनेर निकैबेर कुरेर बसेँ। तर नआएपछि म यहाँ आउनुपर्ने अवस्था आयो।’
खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले मन्त्रीलाई नागरिकको अवरोध हुने ठानेर प्रहरी परिचालन गरिएको जानकारी दिए। उनले छलफलपछि कुरा मिलेको बताएका छन्। तर के भएको थियो भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले केही बताएनन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया