४ जेठ, २०८२
    {

भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानको  ‘बुनयान–उल–मरसूस’ कारबाही

के हो ‘बुनयान–उल–मर्सूस’ ?
  • पुलेसो
  • २०८२, वैशाख २७ शनिबार
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानको  ‘बुनयान–उल–मरसूस’ कारबाही

काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो।
अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ ।
पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी गरेको छ ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन् । उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो।
शरीफले यो पनि दाबी गरे कि भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पनि पुगेका छन्, यद्यपि यसबारे उनले तत्काल प्रमाण भने प्रस्तुत गर्न सकेनन् । तर उनले पाकिस्तानसँग प्रमाण रहेको दाबी गरे।
भारतको प्रतिक्रिया
भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएका बताएको छ । यी ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पु¥याउन सक्ने सम्भावना पनि मन्त्रालयले औंल्याएको छ ।
यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन् ।
यीमध्ये फिरोजपुरमा एक ड्रोनले एक नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ । यसबाट धेरै स्थानीय बासिन्दाहरू गम्भीर घाइते भएका छन्। 
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र सुरक्षा निकायहरूले घटनास्थलको अनुसन्धान गरिरहेका मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारतीय सशस्त्र बलहरू पूर्ण सतर्क अवस्थामा छन् र यस्ता सबै हवाई खतराहरूलाई काउन्टर–ड्रोन सिस्टमबाट सामना गरिँदैछ। हामी प्रत्येक परिस्थितिमा कडा नजर राखिरहेका छौं र आवश्यक परे तत्काल कारबाही गरिरहेका छौं।’
रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ। सेनाले भनेको छ, ‘डराउनु पर्दैन, तर सतर्क रहनु आवश्यक छ।’ 
 

के हो ‘बुनयान–उल–मर्सूस’ ?
बुनयान उल मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो अपरेशनको नाम कुरानबाट लिइएको हो । यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ ।
इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
 पाकिस्तानका सूचना मन्त्री अताउल्लाहका अनुसार यस नामको अर्थ हो, ‘सिसाबाट बनाइएको बलियो पर्खाल’, अर्थात् एक यस्तो पर्खाल जुन अत्यन्तै सतिसालझै रक्षाका लागि उभिन्छ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं...

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताए ।

...
हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो...

ललितपु र- ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।

रातो मच्छिन्द्रनाथको...

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको...

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध