२०८२, मंसिर, २२
    {
समाज / कोशी प्रदेश / सुरक्षा/अपराध / समाचार

बस पल्टिँदा आठजना घाइते

  • पुलेसो
  • २०८२, वैशाख ३० मंगलबार
बस पल्टिँदा आठजना घाइते

इनरुवा । सुनसरीको कोशी गाउँपालिका –७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका छन् । २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सोमबार विहान सवारी दुर्घटना हुँदा पाँच वर्षीया  बालिकासहित आठजना घाइते भएका हुन् । कोशी गाउँपालिका ७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा गाईघाटबाट झापातर्फ जादैगरेको प्रदेश–१–०२–००१ख९९३६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 प्रहरीले दिएको जानकारीअनुसार सुनसरीको कोशी गाउँपालिका –८ का महमद सहिलको ५ वर्षीय छोरा वानेस मियाँ, सोही ठाउँका २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम रामको निधार, दायाबाँया खुट्टामा चोट लागेको छ । त्यसैगरी इनरुवा नगरपालिका ९ का ४५ वर्षीय गुलाबचन्द्र मेहेता, बराहक्षेत्र ११ का २१ वर्षीय  प्रमोद ऋषिदेव, कोशी गापा वडा ८ का हुसिय मन्सुरीको छोरा रहन मन्सुरी, छोरी वर्ष १.५ वर्षका रोना खातुन समेत घाइते  भएका छन् । 

सबैको हात, खुट्टा र टाउको, निधारमा चोट लागेको जनाएको छ । यसैबिच बसधनी सप्तरी कञ्चनरुप नगरपालिका –९ का ३५ वर्षीय बिन्देश्वरप्रसाद दासले घाइतेहरुको उपचारमा सहयोग रहेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीका प्रहरी बरिष्ठ नायव निरीक्षक पूण्य अधिकारीका अनुसार आठ जनालाई बढी चोट लागेको छ । उनी हरुको उपचार अस्पतालमा भइरहेको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

मलामी गएका युवक डुबेर बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला...

मलामी गएका युवक डुबेर बेपत्ता

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर...

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...

यू–१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

बाजुराको मार्तडी बजारमा आगलागी

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब...

बाजुराको मार्तडी बजारमा आगलागी