काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा आज पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखी गरेको छ । यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाका नेताले आपत्ति जनाएका छन् । सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाएका हुन् ।
उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका छन् । उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दुःखद भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘माफ पाउँ सभापति ज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरु सँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन । जससँग अधिकार र इजाजत थियो उहाँहरुले राख्नुभएन। तथापि सभापतिज्यू एकता भयो राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। अनि एकता गर्नुपर्छ। राज्य सत्ताले तपाईँलाई जबरजस्त राखेको थुनाबाट मुक्त गर्नुपर्छ ।अनि बन्छ देश, अनि बनाइन्छ देश, यही आशा र भरोसँग बाँचेका छौं सभापतिज्यू।’ न्यौपानेको यो धारणामा पक्ष र विपक्षमा कमेन्ट आउने क्रम जारी छ। यस विषयमा पार्टीपंतीले भने केही धारणा सार्वजनिक गरेको छैन ।
काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।
महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
प्रतिक्रिया