२०८२, माघ, ६
    {
समाचार

एड्सका कारण निधन भएकाको सम्झनामा माइती नेपालद्वारा दिप प्रज्वलन

  • पुलेसो
  • २०८२, मंसिर १५ सोमबार
एड्सका कारण निधन भएकाको सम्झनामा माइती नेपालद्वारा दिप प्रज्वलन

निशा चुनारा 

महेन्द्रनगर । कञ्चनपुरस्थित माइती नेपालले एचआईभी एड्सको संक्रमणका कारण निधन भएका व्यक्तिहरूको सम्झनामा दिप प्रज्वलन गरेको छ ।

३८औँ विश्व एड्स दिवसको अवसर पारेर सोमबार दोधारा–चाँदनी नगरपालिका–४ स्थित झुलुङ्गे पुलमा माइती नेपाल कञ्चनपुरले श्रद्धाञ्जली कार्यक्रमका रूपमा दिप प्रज्वलन गरेको हो ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले एड्सका कारण ज्यान गुमाएकाहरूको सम्झनामा कार्यक्रम आयोजना गरिएको बताइन् । उनले एड्स एक सामान्य रोग भए पनि समाजमा अझै यसप्रति हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गरिन् ।

उनका अनुसार माइती नेपालले एचआईभी एड्स नियन्त्रण तथा रोकथामका लागि निरन्तर सचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । “एचआईभीरएड्ससम्बन्धी सही जानकारीको प्रचार–प्रसार र संक्रमित व्यक्तिप्रति सम्मानजनक व्यवहार अत्यावश्यक छ,” उनले भनिन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिध,  सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने