२०८२, माघ, ६
    {
समाचार

मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

  • पुलेसो
  • २०८२, मंसिर १६ मंगलबार
मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।
चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।
चितवका लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।
चितवनले नियमित ओपनर दीपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।
मालान र अर्जुनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे । यस सिजन चौथो शतकीय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।
यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए ।
ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भएका थिए । मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका  र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए ।
यस्तै यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमूर्तिबाट क्याचआउट गराएका थिए ।
१४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए । तर लगत्तै अर्को बलमा कृष्णमूर्तिले क्याच गर्दै आउट गरेका हुन् ।
तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।

अर्को छेउबाट लगातार विकेट जाँदा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए । कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । मल्लले १४ बल खेल्दै २ चौका र २ छक्का  मद्दतमा अविजित ३० रन जोडे । जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले १–१ विकेट लिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा,...

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् । 

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा, चुनाव लड्ने तयारी

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...

आज देशभर उम्मेदवारी दर्ता हुँदै

शेरबहादुर देउवाले चुनाव नलड्ने

काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...

शेरबहादुर देउवाले चुनाव नलड्ने