महेन्द्रनगर । कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक क्वालिटी अफ लायन्स क्लबले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे जिल्लामा लागू औषध विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएका हुन् ।
सम्मेलनमा बोल्दै आयोजक घटाल युवा विकास समाजका उपाध्यक्ष लोक प्रिय गायक नवराज कलौनीले मंसिर २० गते बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यामिक विद्यालयमा लागू पदार्थ विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । यसैगरि, सोही दिन गैलनदीमा रहेको अस्थायी प्रहरी पोष्टलाई आवश्यक केही भौतिक साधन स्रोत पनि उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा बोल्दै सह–आयोजक क्वालिटी अफ लायन्स क्लबका अध्यक्ष भोजराज जोशी(क्वालिटि)ले समाजमा लागू औषधको भयाभव अवस्था देखिएकाले यसको न्युनिकरणका लागि एकदिने चेतनामुलक कार्यक्रम र नाट्य प्रस्तुति गरिने बताए । लागू औषधका कारण समाजमा विकृती विसंगति बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नमा मदत पुग्ने उनले बताए ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने "अस्थायी प्रहरी पोष्ट गैलनदी सहयोगार्थ" लागू पदार्थ विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमका संयोजक हास्य कलाकार दिपेन्द्र ओलीले बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना...
काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले...
प्रतिक्रिया