२०८२, माघ, ६
    {
समाचार

निर्वाचनको तयारी तीव्र: प्रधानमन्त्रीले बोलाइन् सर्वदलीय बैठक

  • पुलेसो
  • २०८२, मंसिर १९ शुक्रबार
निर्वाचनको तयारी तीव्र:  प्रधानमन्त्रीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (आज) सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट, ऊर्जा जलस्रोत तथा सिंचाइ...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा...

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्। उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।

  • पुलेसो
  • २०८२, माघ ६ मंगलबार
  • एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो, भक्तपुरमा टुरिस्ट उम्मेदवारले जित्दैनन्– महेश बस्नेत

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि...

    महेन्द्रनगर, ०६ माघ, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको राजनीतिक क्षेत्र मानिने कञ्चनपुर–३ मा यसपटक हरि बोहराले कांग्रेसको टिकट पाएका छन्। जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका...

    पूर्व गृहमन्त्री लेखकलाई रोकेर कांग्रेसले हरि बोहराले दियो टिकट

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । 

    कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने