१६ चैत, २०८०
    {
घुमफिर / समाचार

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

  • पुलेसो
  • २०७९ भदौ २० सोमबार
अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

मनाङ - नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ ।यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरू यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरूको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ ।

लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा पूरा गर्न सकिने भएको छ । अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो नै यात्रा पूरा गर्न सकिने गरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको छ । काठमाडौँ वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिने पर्यटकको भनाइ छ ।

विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्दछ । विगतमा थोराङ्ला पार गर्न १८ दिन लाग्थ्यो । तर अहिले यो यात्रा सडक सञ्जाल विस्तारसँगै छोट्टिएको छ । मनाङ सडक सञ्जालसँग जोडिएसँगै पदमार्गको दूरी पनि घटेको हो । माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्न सक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीय बताउँछन् ।

अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ । यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना भने बढी हुने गरेको उनीहरू बताउँछन् । कम उचाइबाट एकसाथ आएका पर्यटक उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको उनीहरू बताउँछन् । यात्रा सहजरुपमा सक्ने लक्ष्यसहित बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।

लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लालाई एउटै मार्गले फूलको माला झैँ गरी जोडेको छ । यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ । सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग नै देखिँदैन । सडकले जोडिएकाले कतिपय मार्गमार्फत् हिँड्नुपर्ने अवस्था नै रहँदैन ।कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्यारो पनि पर्ने गरेको छ । यसले गर्दा पनि पदमार्ग छोटिन थालेको हो ।

पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नु परेको छ । यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन् । पदमार्ग र सडक सञ्जाल फरक भएमा मात्र पदयात्रीलाई सहज हुने पर्यटकको भनाइ छ ।लामो तालिका बनाएर अन्नपूर्ण पदमार्गको यात्रामा आएकी फिनल्याण्डकी नागरिक नियाले  भनिन्, “सडक सञ्जाल विस्तार भएको राम्रो हो । पदमार्ग मासिनु हुँदैन । पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिदा यात्रा गर्न कठिन हुने रहेछ । यसलाई मनाङवासीले ध्यान पु¥याउँदै संरक्षण गर्नुपर्छ”,   ।

 

पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नु परेको उनको अनुभव छ । सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने पर्यटकको भनाइ छ । मुस्ताङ जिल्लाबाट भने थोराङ्ला जाने केही तल्लो भागसम्म सडक सञ्जाल विस्तार गरिसकिएको छ । उता मनाङपट्टिको भागमा भने पदयात्रा गर्नुपर्ने अवस्था कायमै छ । मनाङतर्फभन्दा मुस्ताङले छिटो थोराङ्ला पुग्न सक्ने बनाएको छ ।

पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पु¥याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । गौतमले भने, “हिमपातमा पनि पर्यटक आउँछन् । पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ । सडक सञ्जालको नजिक रहेका पदमार्गलाई सहज बनाउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापनको तयारीमा छौँ” ।

पदमार्गमा फालिएका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरुले ठाउँ–ठाउँमा खाल्डो बनाएको छ । यात्राका क्रममा पर्यटकलाई दिसा पिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत गरेको छ । तिलिचो ताल, थोराङ्ला भञ्ज्याङलगायतका पर्यटकीय क्षेत्रमा शौचालयको व्यवस्थापन गरिएको छ । यस पदमार्गमा अनावश्यक फोहरमैला नहुने भएकाले त्यस क्षेत्रको जलवायु संरक्षण हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने,...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि...

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो...

काठमाडौं - स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो...

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता