१४ वैशाख, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

  • पुलेसो
  • २०७९ असोज ०५ बुधबार
सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

 महेन्द्रनगर  –  आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम/प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।

आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

 

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् ।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

पर्वत - धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको...

पहिरो खस्दा  पोखरा–बागलुङ खण्ड अवरुद्ध

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुर  - कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८...

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ