१५ वैशाख, २०८१
    {
घुमफिर / विजनेस / समाचार

विदेश भ्रमणमा नेपालीले सकाए रु एक खर्ब १९ अर्ब

  • पुलेसो
  • २०८० असार २५ सोमबार
विदेश भ्रमणमा नेपालीले सकाए रु एक खर्ब १९ अर्ब

काठमाडौँ - नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् । गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा रु ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए ।

सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा रु ५८ अर्ब छ करोड आम्दानी भएको छ ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट रु २९ अर्ब ८८ करोड आम्दानी भएको थियो । 

 

यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा रु ८९ अर्ब १८ करोड बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च रु ५९ अर्ब ९९ करोड बराबर थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ :...

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले...

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी