१६ वैशाख, २०८१
    {
राजनीति / समाज / समाचार

कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराती

  • पुलेसो
  • २०८० असोज २५ बिहीबार
कानुन मिचेर हवाई भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराती

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताए  । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन्। 

अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने उनको भनाइ छ । उनले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरू ऐन, कानुनभन्दा बाहिर जान नपाउने बताए ।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्न नै, हस्तक्षेप गर्नका लागि नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनिलाई हामीले बढी नियन्त्रण गर्दा पनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ ।’ 

 

उनीहरू पनि ऐन, कानुनभन्दा बाहिर जान नपाउने मन्त्री किरातीले बताए । मनपरी भाडा उठाउन कसैलाई छुट नभएको उनको भनाइ छ । ‘स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानुनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानुनभन्दा बाहिर छ भने म आजै एक्सन लिन्छु ।’ कानुनभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही गरिने उनले चेतावनी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा...

साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि...

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई