०१ जेठ, २०८१
    {

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

  • पुलेसो
  • २०८० असार ०९ शनिबार
पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो ।

प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ ।

त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।

मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।

प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

८ वटा ड्रागन बोट पोखरालाई हस्तान्तरण

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।

चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँदै आएका छन् ।

नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार बुधबार चिनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबार बिहान पोखरा अवतरण गरेका थिए । चार्टड गरेर ल्याइएको उक्त विमान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय विमान पनि हो ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र...

भैरहवा - सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ । 

सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल...

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा...

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन्। 

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज...

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री

आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ - आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको छ । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको...

आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत...

 विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन्। 

आज बसेको प्रदेशसभा बैठकमा ६२ जना उपस्थित भएका थिए जसमा कार्कीले ५७ मत प्राप्त...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त