०१ जेठ, २०८१
    {
खेलकुद / बागमती प्रदेश / समाचार

विश्वकप एसियाली छनोट खेल : नेपाल र लाओसबिचको खेल बराबरीमा

  • पुलेसो
  • २०८० असोज २५ बिहीबार
विश्वकप एसियाली छनोट खेल : नेपाल र लाओसबिचको खेल बराबरीमा

फिफा विश्वकप एसियाली छनोट खेलमा  नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ।

काठमाडौको दशरथरंगशालामा आज  भएको खेलमा पाहुना टोली लाओसले खेलको ३३ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।मध्यान्तरसम्म १- ० गोलले पछि परेको घरेलु टोली नेपालका लागि अन्जन विष्टले ४८ औ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए । यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् ।

उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।मध्यान्तरपछि नेपालले लाओसलाई दवावमा राखेपनि गोल फर्काउन सकेन । निर्धारीत ९० र अतिरिक्त समयको ६ मिनेट सम्ममा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।

 

 

फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम(एण्ड)अवे खेल्ने ढाँचा रहेको छ।नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ।पहिलो र दोश्रो चरणबाट उत्कृष्ट हुने टोली अघिल्लो चरणका लागि प्रवेश गर्नेछ। यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो।

प्रतिक्रिया

छुटाउनुभयो कि?

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र...

भैरहवा - सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ । 

सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल...

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा...

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन्। 

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज...

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान...

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् ।

सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र...

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन

चकटी ओछ्याएर पढ्न बाध्य छन् मदरसाका...

बाँके - बाँकेको नरैनापुर गाउँपालिका २ नूरपूरमा मदरसा सिराजिया इस्रारुल उलुमका विद्यार्थी भुईँमै बसेर पढ्छन् । ७ सय विद्यार्थी अध्ययनरत मदरसामा डेस्क–बेन्च नभएपछि भुईँमा बोरा र चकटी ओछ्याएर...

चकटी ओछ्याएर पढ्न बाध्य छन् मदरसाका विद्यार्थीहरू