१६ वैशाख, २०८१
    {
राजनीति / समाज / समाचार

पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

  • पुलेसो
  • २०८० असोज २६ शुक्रबार
पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको बताए । उनले पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको बताए ।

‘पहिरो र बाढीजस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा विज्ञता हासिल गरेका तपाईहरुको देशका लागि ठूलो आवश्यकता छ । गत साताकै बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको छ’ उनले भने, ‘साथै ठूलो लगानी रहेका पूर्वाधार विकास र परियोजनाहरुमा सुरक्षित र प्रकोपमैत्री बनाउनु पनि उत्तिकै जरुरी भइसकेको छ ।

 

नेपाल सरकार यो तथ्यलाई मनन गर्दै आवश्यक स्थानमा तपाईहरुको प्रतिनिधित्व गराउन, तपाईहरुको ज्ञान र सान्दर्भिक कुराको कार्यान्वयन गर्न र आवश्यक नीति बनाउन सदैव तत्पर रहनेछ ।’उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्युनिकरणका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताए । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो...

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...

वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ :...

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले...

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी