काठमाडौँ - देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा र बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।

भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौँ ः पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका...
प्रतिक्रिया