काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको दोस्रो बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउनेछ ।
यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलमा कांग्रेस महामन्त्री थापासहित सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का नेताहरू देव गुरुङ, वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का नेताहरू वेदुराम भुषाल, प्रमेष हमाल, जनता समाजवादी पार्टीका नेताहरूबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ छन्। यसैगरी, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा छन्।उक्त पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौँ ः पार्टी फुटाउन लागेको भन्दै पर्वतको महाशिला गाउँपालिकाका सभापति कृष्णबहादुर गुरुङ ‘उज्ज्वल’ले विशेष महाधिवेशन पक्षधरको साथ छाडेको घोषणा गरेका छन्। बुधवार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै गुरुङले यस्तो घोषणा गरेका...
प्रतिक्रिया