फिफा विश्वकप एसियाली छनोट खेलमा नेपाल र लाओसबिचको खेल बराबरीमा सकिएको छ।
काठमाडौको दशरथरंगशालामा आज भएको खेलमा पाहुना टोली लाओसले खेलको ३३ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।मध्यान्तरसम्म १- ० गोलले पछि परेको घरेलु टोली नेपालका लागि अन्जन विष्टले ४८ औ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए । यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् ।
उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।मध्यान्तरपछि नेपालले लाओसलाई दवावमा राखेपनि गोल फर्काउन सकेन । निर्धारीत ९० र अतिरिक्त समयको ६ मिनेट सम्ममा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।
फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम(एण्ड)अवे खेल्ने ढाँचा रहेको छ।नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ।पहिलो र दोश्रो चरणबाट उत्कृष्ट हुने टोली अघिल्लो चरणका लागि प्रवेश गर्नेछ। यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो।
क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...
प्रतिक्रिया