१५ वैशाख, २०८१
    {

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

  • पुलेसो
  • २०८० फागुन ०६ आइतबार
एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

काठमाडौं ।  अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन् । क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

वाल्सी फायर डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । उनी जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत हुन् । उनको समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहनेछन् । मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन् ।

उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन् । जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ । उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू छन् । यी गीतहरूमध्ये ‘लीन अन’ ३.५ बिलियन भ्युज छ । ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ । क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए ।

उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई-सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् । दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरेर मनोरञ्जन गर्न सक्ने छन् । यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् ।

बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५२ औं स्थानमा राखेको हो ।

यसमा पाँच सय क्लब सहभागी भएका थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

तपाईंको प्रतिकृया के छ ?

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो...

काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो हुलाक टिकट

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ...

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रसाद ९एनपी० साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

बुधवार...

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद