२०८२, माघ, १८
    {
राजनीति

फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट लड्दै छन् चुनाव ?

  • पुलेसो
  • २०८२, माघ ५ सोमबार
फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट लड्दै छन् चुनाव  ?

काठमाडौं । फागुन  २१ मा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र तय गरिसकेका छन्।
उनीहरु उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। धेरैजसो शीर्ष नेताहरु सोमबार नै आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पुगेका हुन्।
एमाले, नेकपा, रास्वपा, मधेश केन्द्रीत दलहरुले उम्मेदवार टुंग्याएको अवस्था छ भने ततकालिन प्रतिनीधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसका शीर्ष नेताहरुको टिकट टुंगो लागिसकेको छैन।
सभापति गगन थापा काठमाडौं–४ बाट उम्मेदवारी दिने तयारी छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको टिकट अझै निश्चित भएको छैन।
कांग्रेस सभापति थापाले चुनाव नलड्न सल्लाह दिएका छन्। उपसभापति विश्वप्रकाश शर्माले चुनाव लड्ने घोषणा गरेका छन्। निवर्तमान अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि चुनाव नलड्ने घोषणा गरेका छन्।
महामन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसका नेता शेखर कोइराला र डा. शशाङक कोइरालाको पनि टिकटको टुंगो लागेको छैन।
कांग्रेस विशेष महाधिवेशनपछि धेरै नेताहरु चुनावमा जाने कि नजाने भन्नेमा द्विविधामा रहेका छन्। महामन्त्री गुरुराज घिमिरेले मोरङ उपसभापति पुस्पा भूसाल अर्घाखाचीबाट चुनाव लड्ने तयारी गरिरहेका छन्। नेता चन्द्र भण्डारी टिकट बोकेर गुल्मी पुगिसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन्। उनी सोमबार झापा पुगेर कार्यकर्ता र मतदाताहरुसँग भेटघाटमा व्यस्त रहे।
एमाले उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएपछि उनीहरु पनि सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।
महासचिव शंकर पोखरेल दाङ–२ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली ४, रघुवीर महासेठ धनुषा १ बाट चुनाव लड्दै छन्।
पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट उम्मेदवार बन्ने भएका छन्।
सचिव महेश बस्नेत भक्तपुर–२ बाट उम्मेदवार बन्दैछन्। अर्का सचिव भानुभक्त ढकाल तेह्रथुम पुगेका छन् भने सचिव शेरधन राई भोजपुर पुगेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन्। स्थायी निर्वाचन क्षेत्र नभएका दाहाल सुरक्षित खोज्दै रुकुम पूर्व पुगेका हुन्।
सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बन्ने तयारीमा छन्। वरिष्ठ नेता झलनाथ खनालले चुनावमा भाग नलिने जनाएका छन्।
वामदेव गौतम पनि उम्मेदवार नबन्ने भएका छन्। नारायणकाजी श्रेष्ठ सर्लाही–३, भीम रावल अछाम–१, महिन्द्रराय यादव सर्लाही–२ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्दै छन्।
चितवन–३ मा रेनु दाहाल उम्मेदवार बन्ने निश्चित भएको छ। कञ्चनपुर–१ मा विना मगर र धादिङमा राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने भएका छन्।
रास्वपाबाट सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दर्ता गराउदैछन्। उनी सांसद निर्वाचित भएपनि सहकारी ठगीको मुद्धा किनारा नलागेसम्म संसदमा जान पाउँदैनन।
चितवन–१ मा हरि ढकाल, ३ मा सोविता गौतमले चुनाव लड्दैछिन्। उनले काठमाडौ क्षेत्र नं २ छाडेर चितवन पुगेकी हुन्।
उपसभापति डीपी अर्याल काठमाडौ क्षेत्र नं–९ , कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं–२ र स्वर्णिम वाग्ले तनहुँ–१ बाट चुनाव लड्दैछन्।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बन्दैछन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा–३ बाट निर्वाचन लड्ने तयारीमा छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी १, २ र ३ बाट सिफारिस भएका छन् । उनी सप्तरी–२ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव यही क्षेत्रबाट पराजित भएका थिए ।
जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी–२ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । जसपा नेपालका नेता शरदसिंह भण्डारी महोत्तरी–२ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट निर्वाचन लड्नेछन्।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनलाई झापा क्षेत्र नं–३ बाट चुनाव लड्दैछन्। कमल थापाले काठमाडौं क्षेत्र नं–५ बाट उम्मेदवारी दिने भएका छन्। २०७४ सालमा एमालेका इश्वर पोखरेलसँग चुनाव हारेका थिए।
२०७९ सालमा एमालेकै सूर्य चिन्हबाट मकवानपुरमा चुनाव लड्दा राप्रपाका दीपकबहादुर सिंहले हराएका थिए। राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र–३ बाट चुनाव लड्दैछन्। यसैगरी निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलपनि ललितपुर क्षेत्र–२ बाट चुनाव लड्ने भएका छन्।

बब्लु गुप्ता मन्त्रीबाट राजिनामा दिएर सिराहबाट उम्मेदवारी दिँदैछन्। नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले बाराको क्षेत्र नं–४ बाट उम्मेदवारी दिने भएका छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवारी दिँदैछन। जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिँदैछन्। त्यसैगरी श्रम संस्कृति पार्टीको तर्फबाट हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गराउदैछन्। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...

विशेष महाधिवेशन सकेर पूर्वसभापति देउवाको आशीर्वाद लिन जानुछ– गगन थापा