काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन् ।
द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले "संक्रमणकालिन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो" विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले केही मान्छेहरूले द्वन्द्वका कारण सीमित व्यक्ति मात्रै पीडित भएका हुन् भन्ने गरी प्रचारमा लागेको बताए । उनले विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रयास गरी राखेको समेत बताए । तर आफ्नो प्रयासले हजारौँ नागरिकलाई आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको बताए । संक्रमणकालीन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयक छलफल राखेर सहिद बेपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले भने,'शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रयास भइराखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोसिस भइराखेको छ । पछिल्लो समय सदनका बहस हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।'
विभिन्न चुनौतिका बीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पीडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए । उनले द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफूले भेटेको जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिवर्तनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताए । उनले भने,'मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन । पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।'उनले आफूले महासभामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुराउन मद्दत गर्नुपर्ने धारणा राखेको बताए ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफूले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतनका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको सुनाए । इजरायलमा भएको द्वन्द्वका कारणले उहाँ अक्टोवर १३ को सट्टा २९ तारिकको दिन नेपाल आउने जानकारी समेत दिए ।
महासचिव गटरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको नेपाल भ्रमणले न्याय प्रक्रिया टुंगो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या र यसको प्रभावबारे बुझ्न मदत गर्ने बताए । महासचिव आएपछि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुराउन र नेपालले भोगेको वातावरणीय प्रभावबारे सकारात्मक वातावरण बन्ने बताए ।
महासचिव नेपाल भ्रमणमा आउँदा आफूले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पीडाका विषय महासचिवसमक्ष नै सुनाउने वातावरण बनाउने तर्फ सोचिराखेको समेत जानकारी दिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले टिआरसी सम्बन्धि विधेयक संसद हुँदै समिति हुँदै उपसमितिमा गएको जानकारी दिए । साथै शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुराउन निरन्तर छलफल गरेको छ, ।
क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।
काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक...
प्रतिक्रिया