२०८२, माघ, १८
    {
खेलकुद

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

  • पुलेसो
  • २०८२, माघ ८ बिहीबार
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके । 
त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पु¥याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

भुवन भट्ट/महेन्द्रनगर ।  कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...

कञ्चनपुरमा जेनजी युवाले मागे माफी

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते...

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि,...

बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, २६ करोड ९० लाखको बिक्री

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो,...

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको घोषणा गरेका छन्।

संस्थापन पक्षले आफूमाथि कारबाही गरेको खबर सार्वजनिक भएलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई...

देउवा नेतृत्वको केन्द्रीय समिति भंग भइसक्यो, अब नयाँ नेतृत्व आउँछः गगन