०१ जेठ, २०८१
    {
गण्डकी प्रदेश / समाचार

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

  • पुलेसो
  • २०८० असार १९ मंगलबार
पहिरो खस्दा  पोखरा–बागलुङ खण्ड अवरुद्ध

पर्वत - धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।

भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो  खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ । 

 

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन् । अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र...

भैरहवा - सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ । 

सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल...

म्याद गुज्रिएको औषधि पाइएपछि अस्पताल र फार्मेसीलाई औषधि बिक्रीमा रोक

आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ - आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको छ । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको...

आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा...

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन्। 

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज...

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान...

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् ।

सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र...

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन